News

प्रधानमन्त्रीले देशवासीका नाममा सम्वोधन गर्ने, स्वास्थ्य संकट घोषणा हुन सक्ने

प्रधानमन्त्रीले देशवासीका नाममा सम्वोधन गर्ने, स्वास्थ्य संकट घोषणा हुन सक्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमवार) देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । 

प्रधानमन्त्री ओलीले दिउँसो साढे तीन बजेपछि देशवासीका नाममा सम्बोधन गर्ने प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।

उनका अनुसार प्रधानमन्त्री ओलीको सम्बोधन कोरोना महामारीका विषयमै केन्द्रित रहने छ । प्रधानमन्त्री ओलीले स्थास्थ्य संकट घोषणा गर्ने अनुमान गरिएको छ ।

थापाले ट्वीटरमा लेखेका छन्–‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले आज ३ः३० बजे समसामयिक विषय र  कोभिड–१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्नुहुने जानकारी गराउन चाहन्छु ।’
 

विशेष