News स्वास्थ्य

कोरोनाका कारण २४ शिक्षकले ज्यान गुमाए

कोरोनाका कारण २४ शिक्षकले ज्यान गुमाए

पछिल्लो समय नेपालमा कोरोनाको प्रकोप तिव्र रुपमा वढेको छ। नयाँ भेरियन्टसहितको कोरोना भाइरसले मुलुकमा कोकोहोलो मच्चाएको छ। संक्रमण मात्र होईन, मृत्यु हुनेको दर पनि वढ्दै गएको सरकारी तथ्यांकले देखाउँछ।

आइतबारसम्ममा नेपालमा कोरोनाका कारण मर्नेका संख्या ३ हजार ३ सय २५ पुगेको छ। यो मृत्यु दर हरेक दिन वढ्दो क्रममा छ ।

यसैक्रममा कोरोना संक्रमणका कारण २४ शिक्षकले ज्यान गुमाएका छन्। संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापाले २४ जना शिक्षक र एकजना कर्मचारीको मृत्यु भएको जानकारी दिए।

मृत्यु हुनेमा अस्थायी र स्थायी दुवै खाले शिक्षक छन्। अस्थायी शिक्षक हकहित मञ्चले कोरोना संक्रमणबाट मृत्यु भएका स्थायी शिक्षकका प्रतिपरिवारलाई सान्त्वनास्वरूप १० लाख रुपैयाँ दिन सरकारसँग माग गरेको छ।
 

विशेष