News राजनीति

प्रधानमन्त्रीको कदम असफल वनाउन कांग्रेस– माओवादी वैठक जारी

प्रधानमन्त्रीको कदम असफल वनाउन कांग्रेस– माओवादी वैठक जारी

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते लिने विश्वासको मत विरुद्ध रणनीति वनाउन नेपाली कांग्रेर नेकपा माओवादी केन्द्रको वैठक वसिरहेको छ।
 
कांग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसिररहेको छ । मंगलबारको वैठकले प्रधानमन्त्री ओलीले विश्वासको मतप्राप्त गर्ने अवस्थामा वा नगर्ने अवस्थामा कांग्रेसले लिने रणनीतिका विषयमा निर्णय लिने जनाईएको छ । 

कांग्रेसभित्र ओलीको विस्थापनपछि आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने बलियो मत छ । र, यसअघिको कांग्रेस पदाधिकारी बैठकले वैकल्पिक सरकार निर्माणबारे छलफल गर्ने निर्णय पनि गरेको थियो ।

तर, जनता समाजवादी पार्टी (जसपा)ले निर्णय लिन नसक्दा कांग्रेस अविश्वास प्रस्तावको प्रयासबाट पछाडि हटेको थियो । 

यसैगरी, नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा वसिरहेको छ । विस्वासको मत लिने ओलीको घोषणापछि माओवादीको यो पहिलो पटक बैठक हो।

ओली नेतृत्वको सरकारलाई माओवादी केन्द्रको समर्थन छ। ओलीले लिने विश्वासको मत असफल गराउने र वैकल्पिक सरकार निर्माणबारे स्थायी कमिटीमा छलफल भईरहेको जनाईएको छ। 

विशेष