News

विवाह भएको आठौं दिन कोरोनाका कारण किशोरीको मृत्यु

विवाह भएको आठौं दिन कोरोनाका कारण किशोरीको मृत्यु

भक्तपुर चाँगुनारायण नगरपालिका– ४ सुडालमा विवाह भएकी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ पैंयुटारकी २३ वर्षीया किशोरीको विवाह भएको आठौं दिन कोरोका कारण मृत्यु भएको छ ।

गत वैशाख ११ गते बिवाह भएको भोलीपल्टै उनलाई कोरोना संक्रमण भएको थिए । आफन्तका अनुसार बिहे भएको भोलिपल्ट दुबै जना दुल्हन फर्काउन कपन गएका थिए।

त्यही दिन खोकी लाग्न थालेपछि उनलाई भक्तपुर अस्पताल लगियो। भक्तपुर अस्पतालमा कोरोना पोजेटिभ देखियो ।

त्यसपपछि श्वासप्रश्वासमा अत्याधिक समस्या देखिएपछि उनलाई १३ गते आइसियूमा राखियो। आइसियूमा राखेपछि पनि उनी निको भइनन्। उपचारमा संलग्न डाक्टरका अनुसार ती किशोरीलाई अस्पताल आउँदै सास फेर्न गाह्रो भइरहेको थियो। उनलाई ज्वरो, रुघाखोकी पनि थियो।

त्यसमाथि उनलाई निमोनिया पनि भएको अस्पतालले जनाएको छ । सम्भव भएसम्मका सवै उपचार विधि प्रयोग गर्दा पनि उनलाई वचाउन नसकिएको अस्पताको भाई छ। प्लाज्मा थेरापी विधिबाट उपचार गर्दा पनि सम्भव नभएपछि  सोमबार दिउँसो उनको मृत्यु भएको थियो ।

किशोरीसँग विवाह गरेका युवक इन्टेरियर डिजाइनर हुन्। बिहे भएको एक दिनमात्र उनीहरू सँगै रहे। बिवाह भएको एक साताभित्रै वेहुलीको निधन भएपछि ठूलो बज्रपात परेको आफन्तले जनाएको छन् ।
 

विशेष