News

चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु

चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना, चार जनाको मृत्यु

बैतडीमा चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्द भण्डारीको शव बोकेर जिप दुर्घटनामा परेको थियो । सदरमुकामतर्फ जादै गरेको से १ ज १८३ नम्बरको जीप सोही वडाको गणमेश्वर मोडमा दुर्घटना भएको जनाईएको छ ।

जिप दुर्घटनामा पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय जितसिंह भण्डारी, डम्मरसिंह भण्डारी, हिम्मत भण्डारी र दीपक भण्डारीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाईते भएकाहरुलाई उपचारका लागि अस्पताल पठाईएको र दुर्घटनाको विषयमा थप जानकारी आउन वाकी रहेको प्रहरीले जनाएको छ ।

विशेष