News

कोरोनाका कारण एकै दिन ५५ जनाको मृत्यु, ७६६० संक्रमित

कोरोनाका कारण एकै दिन ५५ जनाको मृत्यु, ७६६० संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण थप ५५ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा गरी ५५ जना संक्रमितको मृत्यु भएको हो।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ। 

यसैगरी, थप ७ हजार ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा मंगलबार थप थप ७ हजार ५८७ जना र एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको छ। 

मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालामा १६ हजार १३१ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। 

विशेष