News राजनीति

माओवादी केन्द्रद्वारा ओली सरकारलाई दिएको समर्थन फिर्ता

माओवादी केन्द्रद्वारा ओली सरकारलाई दिएको समर्थन फिर्ता

लामो समय अन्यौलमा रहेको नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादीको मंगलवार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । वैठकले बुधबार संसद् सचिवालयलाई सरकारलाई समर्थन छैन भनेर लिखित जानकारी दिने निर्णय गरेको छ। योसँगै ओली सरकार अल्पमतमा परेको छ ।

ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्।
 

विशेष