News राजनीति

कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने र अर्को सरकार बनाउनेबारे छलफल गर्ने निर्णय गरेको छ।

मंगलवार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । 

वैठकले ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिए । ओलीले यही वैशाख २७ गते विश्वासका मत लिनका लागि प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेका छन्।

संसदमा हाल ६१ जना सांसद रहेको कांग्रेसलाई सरकारको नेतृत्व गर्न माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले आग्रह गरे पनि देउवा अविश्वास प्रस्ताव ल्याउन तयार भएका थिएनन्।

संसद विश्वासको मत लिन १३६ जना सांसदको समर्थन चाहिन्छ। एमाले एक ढिक्का भएको अवस्था तथा जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले समर्थन गरे ओलीले सजिलै वहुमत पुर्याउने देखिएको छ ।

कांग्रेसले दोस्रो पटक जारी भएको संवैधानिक परिषद् अध्यादेश लगायतका सातवटा अध्यादेश ल्याउने सरकारको कामको समेत भत्र्सना गरेको छ । 

विशेष