News अपराध सुरक्षा

वोरामा पोको पारेर कस्ले फाल्यो सडक छेउमा शव ?

वोरामा पोको पारेर कस्ले फाल्यो सडक छेउमा शव ?

जनकपुरमा एक ब्यक्तिको वेवारिसे शव फेला परेको छ । बोराभित्र प्याक गरेर फालिएको अवस्थामा करिव ५० वर्षिय पुरुषको शव फेला परेको हो।

जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्धीस्थित सडकको छेउमा रहेको आँप बगैँचामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। बोरामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

शवमा कुनै चोटपटक नदेखिए पनि शव बोराबाट झिकेर हेर्दा झुण्डिएर मृत्यु भएको जस्तो घाँटीमा निलडाम देखिएको धनुषाका डिएसपी मकेन्द्र मिश्रले वताए । प्रहरीले ति पुरुषको हत्या गरेर फालेको हुन सक्ने आशंका गरेको छ ।

कसैले राति नै बोरामा हालेर फालेको जस्तो देखिएको वताएका मिश्रले घट्नाको थप अनुसन्धान भईरहेको वताए ।
 

विशेष