News

थुनामा रहेकी सुष्माको स्वास्थ्य अवस्था गम्भीर, क्यान्सरको उपचार गराइरहेको खुलासा

किमो पनि प्रहरीकै निगरानीमा

थुनामा रहेकी सुष्माको स्वास्थ्य अवस्था गम्भीर, क्यान्सरको उपचार गराइरहेको खुलासा

विश्वब्यापी कोरोना भाईरसका कारण अहिले विश्व नै आक्रान्त छ। जिविको पार्जनका लागि विदेशीनै पर्ने नेपालीहरुको वाध्यताका कारण महामारीवाट नेपाल पनि अछुतो रहन सकेन। त्यसमाथि भारतसँगको खुल्ला सिमाका कारण नेपालले अलि वढि नै समस्या भोग्नु परेको छ । सस्तो सामान पाईने लोभमा लुकिछिपी सिमा वारपार गर्ने र भारतमै रोजागरी गरेर फर्किनेका कारण पनि नेपालमा कोरोनाको संक्रमण तिव्र गतिमा वढेको छ ।

संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न उपाय अवलम्वन गरेको छ । देशलाई परेको संकट जनताले पनि भोगिरहेकै छन् । यसैक्रममा मुलुकको न्यायिक क्षेत्र पनि वन्दि वन्न पुग्यो । अदालतले कारोनासँग सम्वन्धित र वन्दि प्रत्यक्षीकरण वाहेकका कुनै पनि न्यायिक निरुपण नगर्ने घोषणा गरेपछि धेरै नागरिक न्याय पाउनवाट पनि वन्चित छन् ।

गत चैत २४ गते प्रहरीले नेपाल राष्ट्र बैंकका निर्देशक सुष्मा रिजाल रेग्मीलाई पक्राउ गर्यो। आफनै ८४ वर्षकी आमा शोभा रिजालले जाहेरी दिएपछि उनी पक्राउ परिन् । केहि दिनपछि नै उनका पति कमलप्रसाद रेग्मी (जलउत्पन्न प्रकोप विभागका पूर्वमहानिर्देशक) पनि पक्राउ परे ।

प्रहरीले सुष्मा र उनका पति कमलमाथि ज्येष्ठ नागरिकलाई बेवास्ता गरेको आरोपमा मुद्दा चलायो। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार जाहेरवाला आमा शोभाले भएको सबै सम्पत्ति जालसाजीपूर्वक लिएको, तर सन्तानको कर्तव्य पूरा नगरेको भन्दै छोरीविरुद्ध जाहेरी दिएकी थिइन ।

यस मुद्दामा जिल्ला अदालतले प्रहरीको मुद्दालाई आधार वनाएर थुनामा राखेर अनुसन्धान गर्न आदेश दियो । त्यसपछि सुष्मा र उनका पति अहिले थुनामा छन् । उच्च अदालतमा उनीहरुको मुद्धा चलिरहेको छ । जुनदिन उनीहरुको मुद्दामा पेशी तोकियो सोहि दिनदेखि उपत्यकामा निशेधाज्ञा सुरु भयो र उनीहरुको मुद्दामा सुनुवाई हुनै पाएन । 

क्यान्सरको गम्भिर विरामी रहेकी सुष्मा र उनका पतिलाई अहिले पनि कारागारमै राखिएको छ । दुई पटक किमो चढाएकी सुष्माको रोगकै कारण कपाल खुईलिएको छ भने अनुहार कालो भईसकेको छ। तर पनि उनले चाहे अनुसारको उपचार पनि गराउन पाएकी छैनन् । प्रहरीको निगरानीमा सामान्य उपचार भएपनि आफुले चाहेर अनुसार उपचार गराउनु पर्ने समयमा जेलमा वस्नु पर्ने नियति सुष्मामाथि आईलागेको छ । अर्कोतर्फ १०÷११ मा पढ्ने छोराछोरी एक्लै हुँदा उनीहरु समेत डिप्रेसनमा जान सक्ने अवस्था आएको नजिकका आफन्तले जानकारी दिएका छन्।

उनका वकिल शान्तकुमार वासकोटाका अनुसार १ मंसिर ०७६ मा श्रीमान् भूपेन्द्रप्रसाद रिजालको मृत्यु भएपछि शोभा छोरी सुष्मासँगै बस्दै आएकी थिइन । भूपेन्द्र र शोभाको माछापुच्छ्रे बैंकस्थित संयुक्त खातामा सुन र चाँदीसहित करिब तीन करोड रुपैयाँ नगद थियो । उक्त रकम छोरी सुष्माले जालसाझीपूवर्क झिकेको प्रहरीले भन्दै आमा शोभाले सुष्मा विरुद्ध प्रहरीमा जाहेरी दिएपछि यो मुद्दा अगाडि वढेको हो ।

यसैगरी भूपेन्द्रको नाममा सिर्जना फाइनान्स र अरनिको सहकारीमा पनि सम्पत्ति थियो । त्यो पनि छोरी सुष्माका कमलले झुक्याएर झिकेको प्रहरीको आरोप छ । 

ज्येष्ठ नागरिक ऐनको दफा ५ मा यदि परिवारबाट अलग गरे वा अवहेलना गरे प्रहरीमा जाहेरी दिन सक्ने उल्लेख छ । जाहेरीपछि कसुर गर्नेविरुद्ध एक वर्षदेखि पाँच वर्ष कैद र बिगोबमोजिम जरिवाना वा दुवै सजाय हुने व्यवस्था ऐनको दफा २६ मा व्यवस्था छ । 

सुष्माका वकिल वासकोटाले भने उनीहरु विरुद्ध लागको सम्पुर्ण आरोप गतल भएको भन्दै नियोजित रुपमा फसाईएको र प्रहरी पनि प्रभावमा परेर उनीहरुले दुःख पाएको वताएको छन् । भुपेन्द्र प्रसाद रिजाल र शोभाका एक छोरा र चार छोरीहरु हुन। जसम्धये जेठी छोरी सुस्त मनस्थितीकी भएकाले अविवाहित छन् । वाँकी तीनै छोरीको विवाह भई घरजम गरेर वसेका छन् । ०५६÷०५७ सालतिर भुपेन्द्र, शोभा र जेठी छोरी विराटनगर गए । भुपेन्द्रले माइली छोरी गंगा सुवेदीले विराटनगरमा संचालन गरेको सिटी केवलको मेनेजरका रुपमा काम गरे । सिटी केवलममा काम गर्दै गर्दा शोभाको पाठेघरमा क्यान्सर भएपछि उनीहरु पुनः काठमाण्डौ फर्के ।

तर, वल्खु स्थित आफ्नो घरमा छोरा सुरेन्द्र रिजाल (अवकास प्राप्त उपसचिव) र वुहारीले वस्न दिएनन् । सोहि विषयमा विवाद वढ्दै गएपछि सर्वोच्च अदालतमा मुद्दा पर्यो । करिव ७ वर्षको मुद्दामामिलापछि भएको फैसला अनुसार उनले छोरालाई अंश पनि दिए। वाँकी रहेको सम्पत्ति वेचविखन गरी माईली छोरी गंगा सुवेदीलाई विराटनगर स्थित तीनटोलीयामा २ कठ्ठा जग्गा सहितको घर किनीदिए। यसैगरी अमेरीका वस्ने कान्छी छोरी नुतनलाई पनि केहि सम्पत्ति दिएका हुन । त्यसपछि भुपेन्द्र र शोभाले माइली छोरीसँगै वस्ने इच्छा ब्यक्त गरे । तर, छोरीले आफनो घरमा राखेर पाल्न नसक्ने वताएपछि उनीहरु ललितपुर सानेपा स्थित साईली छोरी सुस्मा रेग्मीको घरमा वस्न थालेका हुन् ।

सुष्माको परिवारले वृद्ध अवस्थाका वावुआमाको औषधोपचार र स्याहारसुसार गर्यो । विरामी आमा शोभालाई पटक–पटक स्टार हस्पिटलमा भर्ना गरी उपचार गरियो । यसैक्रममा ०७५ मंसिर १ गते क्यान्सर रोगका कारण भुपेन्द्रको मृत्यु भयो । स्टार हस्पिटलमा उपचारकै क्रममा उनले प्राण त्यागे। हिन्दु संस्कार अनुसार गर्नुपर्ने सवै कर्म सुष्माले नै गरिन।

छोरा वुहारीले हेरचाह नगरेको र ७ वर्षसम्म मुद्दा गरेर छोरा वुहारीले दुःख दिएका कारण वुवाआमाले माईली छोरी र कान्छी छोरीलाई दिएर वाँकी रहेको सम्पत्ति हेरचाह गर्ने साईली छोरी सुस्मालाई नै दिएका थिए । उनीहरुको सल्लाह अनुसार नै कानुनी रुपमा लिखत गरेर केहि सम्पत्ति दिएको उनीहरु स्विकार्छन । सुष्माका वकिलले पनि वावु आमाले नै वैंकको करम निकाल्न नोमिनी दिएको र जग्गा भोगचलनका लागि वारेसनामा दिएको सम्पुर्ण कागज सुरक्षित रहेको वताए ।

यसैक्रममा ०७६ फागुन ७ गते घरमा कोहि नभएको समयमा छोरावुहारी र माईली छोरी गंगाले आमा र जेठी दिदीलाई लिएर गएको जनाईएको छ । आमालाई लिएर जाँदा साथमा भएको गरगहाना, नगद र अन्य सामान पनि उनीहरुले नै पिकअपमा हालेर लगेको जानकारहरुले वताएका छन् । ‘पछिल्लो समय आमासँग भेट्न छोरावुहारी र छोरीहरुको आउजाउ वढेको थियो, आमा भेट्न आएका छोराछोरीमाथि अविस्वास गर्ने कुरा भएन’ सुष्माको पारिवारिक श्रोत भन्छ–‘हामी काममा हिडेपछि दिनभरी घरमा उनीहरुका के कुरा हुन्थे र के योजना वनेर यस्तो अवस्था आयो भन्न सक्ने अवस्था छैन।’ तर, शंका गर्ने प्रसस्तै सम्भावना रहेको उनीहरु वताउँछन् ।

आमालाई घरमा लगिसकेपछि भएको सम्पत्ति भोग चलन गर्न पाउने र सेखपछि सवै जायजेथा आफनै हुने लोभमा यस्तो प्रपन्च गरिएको छोरा र छोरी गंगामाथि आरोप छ । घरमा लगि सकेपछि सम्पत्ति आमाको नाममा नभएको थाहा पाएपछि आमालाई उचालेर जाहेरी दिलाई छोरा–वुहारीका साथै छोरी गंगाको परिवार समेत मिलेर यस्तो प्रपन्च गरिएको जनाईन्छ। 

दशकौंसम्म वावु आमा नचाहिने र सम्पत्तिको लागि उनीहरुलाई नै दुःख दिने छोरालाई आमाको अन्तिम अवस्था भएपछि कसरी याद आयो ? भन्ने प्रसस्त शंका गर्ने ठाउँ रहेको कानुन ब्यवसायीहरु वताउँछन् ।

मिडियाको प्रेसरले सुष्मालाई कारागार पुर्यायो
कानुन ब्यवसयी वास्कोटाले प्रहरी कार्यालयमा परेको उजुरीपछि अनावश्यक मिडियावाजीले सुष्मालाई जेल पुर्याएको वताए । ‘सुष्माको मुद्दा फौजदारी होईन। उनले कुनै ज्यान मारेको पनि छैन’ उनले भने–‘यस्तो केशमा आरोपीलाई वाहिरै राखेर मुद्धाको किनारा लगाउन सकिन्थ्यो। तर, यति धेरै अनावश्यक मिडियावाजी भयो, त्यसपछि न्यायालयले थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई आदेश दियो ।’

मिडियावाजी गर्नमा पनि शोभाकी माईली छोरी गंगाको ठुलो हात रहेको जानकारहरु वताउँछन्। मकालु टेलीभिजन र म्याक्स टेलीभिजनको मालिक भएका आडमा उनले मिडिया परिचालन गरेर मुद्दालाई आवश्यक्ताभन्दा वढि प्रचार गराएर दवाव श्रृजना गरेको उनीहरुको भनाई छ।

यसैगरी, अदृष्य रुपमा प्रहरी÷प्रशासन तथा न्यायालयमा परेको दवावका कारण पनि भोली आईलाग्न सक्ने झमेलावाट वच्न सुष्मा र उनका श्रीमानलाई थुनामा राखिएको कानुन ब्यवसायीहरु वताउँछन् । अर्कोतर्फ अनावश्यक हल्ला भएपछि जिल्ला अदालतले पनि माथिल्लो अदालतलाई मुद्दा टाँसो लगाउन थुनामा राख्ने आदेश दिएको हुन सक्ने जानकारहरुको अनुमान छ। ‘न्यायमुर्तिहरुले धेरै तनाव किन लिनु, माथिल्लो अदालतले हेरिहाल्छ नी भन्ने मनसाय राखेको देखियो’ एक कानुन ब्यवसायी भन्छन्–‘एउटाले अर्कोलाई टाँसो लगाउने प्रवृत्तिले अनावश्यक रुपमा एउटा विरामीले थुनामा वस्नु पर्ने अवस्था आयो ।’

कानुन ब्यवसायीका अनुसार यस्तो प्रकृतिका मुद्दा पहिलो चरणमा स्थानीय तहका न्यायिक समिति मार्फत निरुपण गर्ने अधिकार प्रत्यायोजन गरिएको छ। तर, यो मुद्दालाई न्यायिक समितिमा लगिएको छैन। प्रहरी÷प्रशासनलाई प्रभावमा पारेर एकै पटक पक्राउ गरी मुद्दा दर्ता गरिहाल्ने र अदालतले पनि आफनो सुझवुझ नदेखाई प्रहरीले पेश गरेको फाईललाई आधार वनाएर आदेश गर्नुले पनि कतै न कतै चलखेलको गन्ध आएको उनीहरु वताउँछन् ।

आमालाई वन्दी वनाएर राखियोः सुरेन्द्र
शोभाका छोरा सुरेन्द्रले भने सुष्माले आमालाई दुःख दिएको पाईएपछि आफुले घर लगेको वताएका छन् । विराटनगरमा रहेकी वहिनी गंगाले आफुलाई वोलाएर जाँदा आमाले नै आफुलाई लान आग्रह गरेपछि आफुले नाई भन्न नसकेको उनको भनाई छ। 

‘म चै कानुनी रुपमै वावुआमासँग अंश लिएर छुट्टै वसेको हुँ। त्यसैले धेरै सोधीखोजी गरेको थिईन। तर, विराटनगरवाट गंगा आएर आमाको वारेमा वताएपछि म गएको हुँ। त्यहाँ पुग्दा आमाले नै लिएर जान भनेपछि मैले लिएर आएँ। मैले सुष्मालाई सोध्नु पर्छ भन्दा आफुलाई वन्दि वनाएर राखेको र सोधेर जाने हो भने जानै नदिने भनेपछि मैले ल्याएँ’ उनले भने–‘घरमा ल्याएपछि आमाले आफनो सारा सम्पत्ति हिनामिना गरेको वताउँनु भयो र कानुनी रुपमा जानु भयो। त्यो कुरा मैले भन्ने भन्दा पनि प्रहरीसँग कागज मागेर हेर सवै कुरा कागजले वोल्छ।’

वुवा आमा विरामी भएर ओछ्यान परेको र जेठि दिदी पनि केहि नवुझ्ने भएको मौकामा जालसाझी र करकापमा वारेसनामा तथा हकवालाको दस्तखत गराएर नगद, सुनचाँदी, जग्गा र शेयरको हिनामिना गरेको उनको आरोप छ । 

आमालाई अपहरण शैलीमा लगियो: सहयोगी
सुष्माको घरमा करिव २ दशकदेखि वसेका सहयोगीले भने वृद्ध आमाले आफनै छोरीमाथि गलत आरोप लगाएको वताए । ‘भित्री लेनदेनको कुरा चै मलाई जानकारी छैन, तर घरमा दुब्र्यवहार गरेको, वन्दी वनाएको लगायतका सवै आरोप गलत हुन’ उनले भने–‘आमाको सेवा चाकर गर्ने म नै हो, कसैले पनि वहाँलाई त्यस्तो गरेको मलाई जानकारी छैन ।’

घरमा कोहि नभएका वेला दाजु भाउजु र गंगा दिदी आएर आमालाई नानाथरी कुरा गर्ने र उचाल्ने काम गरेको उनले वताए । घरवाट लाने वेलामा पनि कसैलाई नसोधी अपहरणको शैलीमा लगेको उनको भनाई छ। ‘सर/मेडमहरु काममा जाने, म पनि १० वजे निस्केने गथ्र्यौ, त्यहि समयमा वहाँहरु आउनु हुन्थ्यो। धेरै पटक मैले चै वहाँहरुलाई घरमा भेटेको छ।’

क्यान्सर भएर महिनौंसम्म अस्पताल वस्दासमेत आमावावुको वास्ता नगर्ने छोराले आमाको मायाँ लागेर लिएर गएको भन्नु नै गलत भएको उनको दावी छ। ‘आमा वुवा दुवैलाई क्यान्सर थियो, वुवा क्यान्सरकै कारण वित्नु भो। तर, वहाँ एक दिन पनि आमावुवालाई कस्तो छ भनेर हेर्न आउनु भएन’ उनले भने–‘सवै कुरा हामीले नै गर्यौ। वुवा वितीसकेपछि काजक्रिया गर्न पनि फोन गरेर वोलाएपछि वहाँ आउनु भएको हो। यत्रो वर्ष वावु आमा नचाहिने मान्छेले कुन उदेश्यले अहिले घरमा जानकारी नै नगराई आमा लिएर जानु भयो भन्ने चै शंका गर्ने विषय हो ।’

यो पनि

दुःख पर्दा सहारा वनेकी छोरीलाई मर्ने वेलामा आमाले नै धकेलिन प्रहरी खोरमा

विशेष