News

प्रचण्डसँग वदला लिदै ओली, अष्ट्रेलियाका लागि राजदूत दाहाल फिर्ता

प्रचण्डसँग वदला लिदै ओली, अष्ट्रेलियाका लागि राजदूत दाहाल फिर्ता

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवदी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड निकटका नियुक्ति खारेज गर्न थालेको छ। त्यस्को पछिल्लो कदमका रुपमा दुई वर्ष कार्यकाल बाँकी छँदै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल फिर्ता बोलाईएका छन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माओवादी केन्द्रको कोटाबाट राजदूत नियुक्त दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको हो। यसअघि राजदूत लक्की शेर्पा आर्थिक मामिलामा विवादमा मुछिएपछि नोभेम्बर २०१९ मा सरकारले दाहाललाई अष्ट्रेलियाको राजदूत बनाएको थियो ।

ओली सरकारले प्रचण्ड निकट दाहाललाई फिर्ता बोलाए पनि ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानकी राजदूत प्रतिभा राणालाई भने निरन्तरता दिने निर्णय गरेको छ ।

पराजुली कांग्रेस उपसभापति विजयकुमार गच्छदार निकट हुन भने राणा कांग्रेस सभापति शेरबहादुर देउवाकी सासु हुन।

माओवादी कोटाबाट नियुक्त भएका व्यक्तिहरुलाई एक एक गरेर प्रधानमन्त्रीले हटाउँदै गएका छन्। सरकारको पछिल्लो निर्णयले प्रधानमन्त्री ओली प्रचण्डसँग बदला लिने योजनामा रहेको थप पुष्टि भएको छ । 
 

विशेष