News स्वास्थ्य

न्याय परिषद सदस्य खड्काको कोरोनाका कारण निधन

न्याय परिषद सदस्य खड्काको कोरोनाका कारण निधन

कोरोनाका कारण न्याय परिषद्का सदस्य एवं वरिष्ठ अधिवक्ता लक्ष्मीबहादुर निराला खड्काको निधन भएको छ। ७७ वर्षको उमेरमा उनको निधन भएको हो ।

कोरोना सङ्क्रमण भएपछि उनलाई वैशाख १० गते सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणकै कारण उनको निधन भएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए।

जनकपुरमा जन्मिएका पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्का काठमाडौंको गौरीघाट वस्दै आएका थिए । उनको कानुन र न्यायका क्षेत्रमा ठूलो योगदान रहेको छ । उनी ०७६ पुसमा न्याय परिषद् सदस्य बनेका थिए। 
 

विशेष