News मनोरञ्जन

विवादित ट्वीट गरेपछि अभिनेत्री कंगना रणौतको ट्विटर अकाउट सस्पेन्ड

विवादित ट्वीट गरेपछि अभिनेत्री कंगना रणौतको ट्विटर अकाउट सस्पेन्ड

भारतीय अभिनेत्री कंगना रणौतको ट्विटर अकाउट सस्पेन्ड गरिएको छ । विवादित बयान दिएर सधै चर्चामा रहेने रणौतले ट्विटरको नियम पालना नगरेको भन्दै ट्विटरले उनको अकाउट सस्पेन्ड गरिदिएको हो ।

पछिल्लो ३ दिन देखी विवादित ट्विट्सको कारण उनि  चर्चामा रहेकी छिन् । भारतमा  कोरोना महामारीले निम्त्याएको अक्सिजन अभाव र अक्सिजनकै अभावकै कारण अत्याधिक कोरोना संक्रमितको मृत्यु भइरहेको अवस्थामा अक्सिजनलाई लिएर गरेको एक ट्विटका कारण सोसल मिडियामा उनि ट्रोल बनिरहेकी थिइन् । 

यसै विच भारतीय सत्तारूढ पार्टी बिजेपी समर्थित कंगनाले बंगाल चुनाबको नतिजा आइरहँदा भएका कथित हिंसाको ट्विटर मार्फत टिप्पणी गरेकी थिइन् । उक्त हिंसाको विषयलाई लिएर अत्याधिक मात्रमा ट्विट गरीरहेकी थिइन् ।

भारतीय संञ्चारमाध्यमहरूका अनुसार उक्त ट्वीटमा बंगाल भाइलेन्स हैशटैग संञ्चालन समेत गरिकी उनले बंगालकी मुख्य मन्त्रीलाई खुनको प्यासी राक्षसी ताडका बताएकी थिइन् । यिनै पछिल्ला ट्विटहरूलाई लिएर ट्विटरले उनको एकाउंट सस्पेन्ड गरिदएको छ ।
 

विशेष