News

ललितपुरका सिडिओ निरौलालाई कोरोना संक्रमण

ललितपुरका सिडिओ निरौलालाई कोरोना संक्रमण

ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई कोरोना संक्रमण भएको छ। तीन दिनअघि गरिएको परीक्षणमा उनलाई कोरोना पुष्टि भएको हो ।

उनलाई कारोनाको सामान्य लक्षण देखिएको छ। सोहि लक्षणका आधारमा पिसिआर गरेको उनले जानकारी दिए । अवस्था सामान्य रहेको र क्वार्टरमै आइसोलेसनमा बसेको उनले वताए ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएकाले आवश्यक समन्वय गर्नुपर्ने हुँदा प्रविधिको प्रयोग गरी निरन्तर काममा लागिरहेको उनले जानकारी दिए।

निषेधाज्ञा जारी भएपछि पास लिन आउनेको भिडभाडका कारण सोहि क्रममा संक्रमण भएको हुन सक्ने उनको अनुमान छ। 
 

विशेष