News विदेश

कोरोनाको चपेटामा विहार, मंगलवारदेखि लकडाउन

कोरोनाको चपेटामा विहार, मंगलवारदेखि लकडाउन

११ हजारभन्दा वढि कोरोनाका नयाँ संक्रमित र ८२ जनाको मृत्यु भएपछि भारतका विहार राज्यमा मंगलबारदेखि लकडाउनको घोषणा गरिएको छ ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले जेठ १ गतेसम्मका लागि लकडाउनको घोषणा गरिएको जनाएका छन्। सोमवार मन्त्रीहरु र सरकारी अधिकारीसँगको छलफलपछि यो निर्णय लिईएको नितिश कुमारले ट्वीटरमार्फत जानकारी दिएका छन् ।

बिहारमा सोमबार कोरोनाका ११ हजार ४०७ नयाँ संक्रमित फेला परेका थिए भने ८२ कोरोना संक्रमितको मृत्यु भएको थियो । बिहारको पटनामा मात्र सोमबार २४ जनको मृत्यु भएको थियो ।

यसअघि पटनाको उच्च अदालतले बिहारमा कोरोना संक्रमण उच्च देखिन थालेको भन्दै सरकारलाई लकडाउन घोषणा गर्न निर्देशन दिएको थियो ।
 

विशेष