News स्वास्थ्य

सुदुरपश्चिमका ९ वटै जिल्लामा निशेधाज्ञा

सुदुरपश्चिमका ९ वटै जिल्लामा निशेधाज्ञा

नयाँ भेरिएन्टसहितको कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा निषेधाज्ञा लागू भएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयहरूले निषेधाज्ञा लागू गरेका हुन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित प्रदेशका तराईका जिल्ला कैलाली र कञ्चनपुरमा वैशाख १६ गतेदेखि एकहप्ताका लागि निषेधाज्ञा गरिएकोमा थप गर्दै वैशाख मसान्तसम्म लम्बाइएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामले सोमबारदेखि लागू हुने गरी दुई हप्ताका लागि एक हप्ता निषेधाज्ञा जारी गरेको छ । बझाङमा सोमबारदेखि वैशाख २६ सम्म जारी गर्दा दार्चुला र डडेल्धुरामा पनि आइतबारदेखि नै निषेधाज्ञा लगाइएको छ ।

बैतडी, बझाङ अछाम, बाजुरा र डोटीमा सोमबारदेखि निषेधाज्ञा लागू भएको छ । यस्तै बाजुरामा पनि मंगलबार राती १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजे सम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले वताए।

डोटीमा सोमबारदेखि लागू हुनेगरी १० दिनका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बैतडीमा सोमबार बिहानदेखि जेठ २ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए।

विशेष