News राजनीति

धनुषाका एक मेयरसहित चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण

धनुषाका एक मेयरसहित चार जनप्रतिनिधिलाई माओवादीले सोध्यो स्पष्टीकरण

नेकपा माओवादी केन्द्रले एमालेमा लागेको आरोपमा धनुषामा एक मेयरसहित चार जनप्रतिनिधिलाईस्पष्टीकरण सोधेको छ । तीन दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।

पार्टीले विदेह नगरपालिकाका मेयर बेचनदास तत्मा, उपमेयर निलमदेवी मण्डल, सबैला नगरपालिकाकी उपमेयर निलुदेवी कापर र शहिदनगर नगरपालिकाकी उपमेयर शिलादेवी कापरलाई लिखित स्पष्टीकरण सोधेको हो।

माओवादी केन्द्र धनुषाका इन्चार्ज योगनारायण बरबरिया र सचिव दिपक यादवले एमाले र माओवादी ब्युँताउने सर्वोच्चको फैसलापछि पार्टी पुरानै अवस्थामा फर्किएपनि पार्टीको कार्यक्रमहरूमा के कति कारणले सहभागी नभएको ? भनी उनीहरूसँग जवाफ मागेका छन्। 

चारैजनालाई एकै ब्यहारोको पत्र पठाइएको छ। उनीहरूले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई साथ दिएको भन्दै एक माओवादी नेताले पदमुक्त गर्ने प्रक्रिया पूरा गर्न स्पष्टीकरण सोधिएको र उनीहरुलाई कारवाही हुने वताएका छन। 
 

विशेष