News स्वास्थ्य

कोरोनाः ३ हजार भाइल रेमडिसिभिर काठमाण्डौंमा मात्रै किन ?

कोरोनाः ३ हजार भाइल रेमडिसिभिर काठमाण्डौंमा मात्रै किन ?

गम्भिर खालका कोरोना संक्रमित बिरामीको उपचारमा प्रयोग गरिने रेमडिसिभिर औषधि काठमाण्डौं आईपुगेको छ । हाम्रो मेडी कन्सर्न प्रालिले ३ हजार भाइल औषधी काठमाडौं भित्र्याएको हो ।

प्रालिले बेक्सिम्को फर्मास्युटिकल्स बंगलादेशसँग २० हजार भाइल रेमडिसिभिर औषधी खरिद गरेको छ । त्यसमध्ये ३ हजार भाइल रेमडिसिभिर आयात गरेको औषधि व्यवस्था विभागले जनाएको छ । 

विभागले थप ५५ हजार रेमडिसिभिर ल्याउन विभिन्न आयातकर्तालाई अनुमति दिएको पनि जनाईएको छ। 

उक्त औषधि देशभरका ५० वटा अस्पतालमा वितरण गरिएको छ। जसमध्ये अधिकांश काठमाडौं केन्द्रित अस्पताल छन । आगामी दिनमा तोकिएका सबै कोभिड अस्पतालमा उपलब्ध गराउँदै जाने विभागले जनाएको छ। 

विशेष