News

अक्सिजन लेभल घटेपछि कलाकार मदन कृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना

अक्सिजन लेभल घटेपछि कलाकार मदन कृष्ण श्रेष्ठ फेरी अस्पताल भर्ना

अक्सिजन लेवलमा कमी आएपछि हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई फेरि अस्पताल भर्ना गरिएको छ । 

करिव एक साताको अस्पताल वसाईपछि आइतबार घर फर्किएका श्रेष्ठलाई सोमवारै अस्पताल भर्ना गरिएको जनाईएको छ ।

कलाकार श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन देखिएको छ। परिवारका बाँकी सदस्य छोरा यमन, बुहारी रिंकु र छोरी सरानाको स्वास्थ्यमा भने पहिलेभन्दा धेरै सुधार भइसकेको जनाईएको छ।

मदनकृष्णलाई हाल ललितपुरस्थित मेडिसिटी अस्पतालमा अक्सिजनको सपोर्टमा राखिएको छ। 

विशेष