News राजनीति

लावालस्करसहित प्रधानमन्त्री ओली देउवा निवासमा

लावालस्करसहित प्रधानमन्त्री ओली देउवा निवासमा

प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्न देउवा निवास बूढानीलकण्ठ पुगेका छन् ।

विपक्षी दलका नेता समेत रहेका देउवालाई भेटन उपप्रधानमन्त्री तथा एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ समेत पुगेका छन् । 

देउवा निवास पुगेका ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्ने बताइएको छ । जेठ ६ गते तय गरिएको वागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन तथा वैशाख २७ गते प्रधानमन्त्री ओलीले विश्वासको मत लिने विषयमा देउवासँग छलफल हुने वताईएको छ ।

राष्ट्रिय सभाको रिक्त पदमा एमालेले बादललाई उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ भने प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि वैशाख २७ गते प्रतिनिधिसभाको अधिवेशन आह्वान गरिसकेका छन् ।

कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग छलफल गरिरहेको छ । सोहि मेसोमा ओली पनि देउवा निवास पुगेको आँकलन गरिएको छ।

विशेष