News स्वास्थ्य

स्वास्थ्य मन्त्रालयलाई सर्वसाधारणको प्रश्न– कारवाही गर्ने की मिडियावाजी ?

स्वास्थ्य मन्त्रालयलाई सर्वसाधारणको प्रश्न– कारवाही गर्ने की मिडियावाजी ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकिए भन्दा बढी उपचार शुल्क लिने अस्पताललाई कडा कारबाही गर्ने चेतावनी दिएको छ।

बुधबार मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै सरकारले तोकेको शुल्कभन्दा बढी लिए कारबाही गर्ने चेतावनी दिएका हुन् । 

निजी अस्पतालहरूले सरकारले तोकेको उपचार शुल्कभन्दा बढी लिएको गुनासो आएपछि मन्त्रालयले चेतावनी दिएको हो। केही निजी अस्पतालले जारी गरेको उपचार शुल्कका विवरण सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध भएको छ।

मन्त्रालयले बढी शुल्क लिने गुनासा आएपछि नियमित अनुगमन गरिरहेको र तोकेको शुल्कभन्दा बढी लिएमा मन्त्रालय र स्थानीय प्रशासनमा जानकारी गराउन सहप्रवक्ता अधिकारीले बताएका छन्।

यता सर्वसाधारणले भने मन्त्रालयले विज्ञप्ति जारी गरेर औपचारीक्ता पुरा गरेको वताएका छन् । ‘अस्पतालले आफै शुल्क रेट प्रकाशित गरिसके, त्यहि रेट उपचारमा असुल भईरहेको छ’ एक सर्वसाधारण भन्छन–‘यति ठुलो प्रमाण फेला परेपछि कारवाही गर्ने की, विज्ञप्ति जारी गरेर मिडियावाजी गर्ने ?’


 

विशेष