News

एकै दिन ५८ जनाको मृत्यु, ८६५९ जना संक्रमित

एकै दिन ५८ जनाको मृत्यु, ८६५९ जना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले ५८ जनाको मृत्यु भएको जानकारी दिए। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ७५ पुगेको छ।

यसैगरी, २४ घण्टामा ८ हजार ६ सय ५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। २० हजार ७ सय ५६ जनाको पीसीआर परीक्षणमा ८ हजार ६ सय ५ र १६ र एन्टिजेन परीक्षणमा ५४ जना गरी ८ हजार ६ सय ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० रहेको छ ।  

अहिले नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३ सय ५२ रहेको स्वास्थ्थ्य मन्त्रालयको तथ्यांक रहेको छ । 
 

विशेष