News विदेश Breaking News राजनीति

चीनले विदेश नीतिमा बढी आक्रामक र घरमा बढी दमनकारी व्यवहार गरेको अमेरिकी आरोप

चीनले विदेश नीतिमा बढी आक्रामक र घरमा बढी दमनकारी व्यवहार गरेको अमेरिकी आरोप

एजेन्सी । चीनले विदेश नीतिमा आक्रामक व्यबहार देखाएको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनले विदेश नीतिमा बढी आक्रामक व्यवहार गरेको र घरमा बढी दमनकारी व्यवहार गरेको आरोप लगाउनुभयो ।

उनले चीनलाई नियन्त्रणमा राख्न नचाहेको तर यसले नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई कमजोर पार्न नदिने बताउनुभयो विदेशमन्त्री ब्लिन्केनले चीनको रबैयाका कारण सैन्य मुठभेडको गम्भीर खतरा बढाएको पनि बताउनुभयो ।

चीन र अमेरिकाबीच व्यापार, जासूसी, बौद्धिक सम्पत्ती चोरी र महामारीको सम्बन्धमा तनाव छ । यता चीनले भने अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनलाई पूर्ववर्ती ट्रम्प प्रशासनको नेतृत्वमा बिग्रीएको सम्बन्ध सुधार गर्न बारम्बार आग्रह गर्दै आएको छ ।

विशेष