News राजनीति

ओलीको वोली– मेरोविरुद्ध जानेको यस्तै हालत हुन्छ, ख्याल गर !

ओलीको वोली– मेरोविरुद्ध जानेको यस्तै हालत हुन्छ, ख्याल गर !

पछिल्ला दिन नैतिकताको कुरा खूबै सुनिन्छ । राजनीतिमा नैतिकता भनेको के हो त ? पुरानो सन्दर्भ यस्तो छ–हालका प्रधानमन्त्री केपी शर्मा ओलीले ०५४ सालको स्थानीय निर्वाचनमा आफ्नै गृह जिल्लामा देखाएको व्यवहार नै उनको भनाई र गराईबीचको फरकका निम्ति काफी हुने झापा संघर्षमा सम्लग्न नेताहरुको कथन छ ।

त्यतिबेलाको स्थानीय निर्वाचनमा उहाँले आफ्नो समर्थन नगरेको कारण पार्टीको आधिकारिक उम्मेदवारलाई खुलमखुल्ला हराइ दिनुभएको थियो । झापा जिल्ला विकास समितिका सभापतिको चुनावमा उहाँले पार्टीका आधिकारिक उम्मेदवार नरेश खरेललाई हराउन विद्रोही उम्मेदवार उठाए।

तारा चिन्ह लिएर उठाइएका अर्जुन राईलाई जिताउन भरपूर शक्ति प्रयोग गरे । सूर्य चिन्हका नरेशबिरुद्ध तारा चिन्हका उम्मेदवार राईलाई उठाएर खरेललाई सबैले देख्नेगरी हराइएको थियो ।

खरेल तिनै नेता हुन् जो झापा आन्दोलन क्रममा जेल बसेका थिए । उनले ०३३ सालमा नक्खू जेल ब्रेकसमेत गरे।०५४ को चुनाव हराएपछि हालका प्रधानमन्त्रीले उतिबेलै खरेललाई ‘मेरोविरुद्ध जानेको यस्तै हालत हुन्छ,ख्याल गर’ भन्ने खबर पठाएका थिए।

उनले ‘अब पनि नसुध्रने हो भने यस्तो हालत नदोहोरिएला भन्न सकिन्न’ भनेर गृह जिल्लाका पुराना नेतालाई नैतिकताको पाठ पढाएको बताइन्छ ।

पुरानो रिसकै कारण झापा–२ बाट निर्वाचित नरेश खरेल–पत्नी पवित्रा निरौलालाई पनि उनी देखिसहँदैनन् भनिन्छ ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो 

विशेष