News राजनीति

माओवादी केन्द्रद्वारा ओली सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता

माओवादी केन्द्रद्वारा ओली सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिुक रुपमा फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले वुधवार बिहान संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएका छन्।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिुक रुपमा फिर्ता लिएको छ । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले वुधवार बिहान संसद सचिवालयमा सरकारलाई दिएको समर्थन फिर्ताको पत्र बुझाएका छन्।

मंगलवार बसेको माओवादीको स्थायी कमिटी बैठकले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । माओवादी केन्द्रले ०७४ साल फागुन ३ गते प्रधानमन्त्री ओलीलाई समर्थन दिएको थियो ।

सर्वोच्चको आदेशअनुसार गत फागुन २८ गते एमाले र माओवादी केन्द्र ब्युतिएपछि पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक रुपमा प्रधानमन्त्री ओलीको विपक्षमा छन । तर, माओवादीले प्राविधिक रुपमा समर्थन फिर्ता लिएका थिएन । प्रधानमन्त्री ओलीले बैशाख २७ गते संसदमा विश्वाशको मत लिने निर्णय गरेपछि माओवादीले सर्मथन फिर्ताको औपचारिकता पूरा गरेको हो ।


दाहालले पत्रमा प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदम सर्वोच्चले खारेज गरेपछि राजीनामा गर्नुको सट्टामा थप संविधान उलंघनमा प्रधानमन्त्री ओली लागेको लेखेका छन् ।

दाहालको पत्रमा  लेखिएको छ– ‘ओली नेतृत्वको वर्तमान सरकारले संविधानको ठाडो उल्लंघन गरी प्रतिगामी योजना अघि बढाइरहेको लोकतान्त्रिक मूल्य मान्यता एवं राजनीतिक नैतिकताको धज्जी उडाउँदै राजनीतिलाई सत्ताको फोहोरी खेलको रूपमा निक्रिष्ट ढंगबाट सञ्चालन गरिरहेको, निर्वाचनमा जनताले दिएको जनादेशविपरीत सामाजिक न्याय सहितको समृद्धि एवं समाजवादको आधार निर्माण गर्ने लक्षलाई ध्वस्त बनाएको, नेपाली कम्युनिष्ट आन्दोलनलाई क्षत विक्षत बनाउने उद्देश्यका साथ विसर्जनवादी आक्रमण गरेको, कोरोनाको दोश्रो लहरसँग जुझ्ने सन्दर्भमा नालायकी एवं असक्षमता प्रदर्शन गरेको र राष्ट्रियताको मुद्दालाई सौदावाजीको विषय बनाई देशलाई वाह्य शक्तिको क्रिडास्थल बनाउँदै लगिरहेको तथा लोकतान्त्रिक र संसदीय मान्यताविपरीत अध्यादेशबाट शासन चलाउने निरंकुश अभ्यासतिर उद्दत हुँदै गइरहेको छ। अदालतको फागुन २३ को निर्णय पश्चात् ३० दिनभित्र विश्वासको मत लिनपर्ने ठाउँमा नलिएको र नियमित अधिवेशन बोलाउनुपर्ने समयमा संविधान र परम्परा मिच्दै बैशाख २७ गते विश्वासको मतका लागि सदन बोलाउने काम गरिएको छ । अतः नेकपा (माओवादी केन्द्र) को निर्णय र नेकपा (माओवादी केन्द्र) संघीय संसदीय दलको निर्णयअनुसार प्रम केपी शर्मा ओलीको सरकारलाई दिएको समर्थन आजकै मितिदेखि लागू हुने गरी फिर्ता लिएको जानकारी गराउँदछु ।’

विशेष