News राजनीति

ओलीलाई असफल वनाउन प्रचण्ड, माधव र उपेन्द्र छलफलमा

ओलीलाई असफल वनाउन प्रचण्ड, माधव र उपेन्द्र छलफलमा

नेकपा एमालेका नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको निवासमा पुगेका छन् ।

तीनै जना नेता राजनीतिक छलफलमा जुटेको जनाईएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा लिने विश्वासको मतलाई कसरी असफल बनाउने भन्ने विषयमा उनीहरु विच छलफल भईरहेको निकट श्रोतले जनाएको छ। 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ओलीको वहिर्गमनको पक्षमा रहेका छन् भने सोही पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुर ओलीलाई प्रधानमन्त्रीको रुपमा निरन्तरता दिने पक्षमा छन् । तर, जसपा नेपालमा महन्थ ठाकुर अल्पमतमा रहेका छन् ।

यता नेपाली कांग्रेसको मंगलवार वसेको पदाधिकारी वैठकले प्रधानमन्त्री ओलीलाई विस्वासको मत नदिने घोषणा गरेको छ भने माओवादी केन्द्रको स्थायी कमिटी वैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। सोहि निर्णय अनुसार नेता देव गुरुङ्गले वुधवार सरकारलाई दिएको समर्थन फिर्ताको पत्र संसद सचिवालयमा वुझाई सकेका छन् ।

विशेष