News स्वास्थ्य

भारतवाट आउने यात्रुका लागि काठमाण्डौंका ८ होटललाई तोकियो क्वारेन्टिन

भारतवाट आउने यात्रुका लागि काठमाण्डौंका ८ होटललाई तोकियो क्वारेन्टिन

कोरोना संक्रमणका कारण वढिरहेको जोखिमलाई कम गर्न सरकारले आन्तरिक उडान वन्द गरेको छ भने विहिवार रातीदेखि लागु हुने गरी वाह्य हवाई उडान पनि वन्द गरेको छ। तर, भारतमा भने हप्ताको दुई वटा उडान यथावत राख्ने निर्णय भएपछि ति उडानबाट नेपाल आउने यात्रुका लागि काठमाडौं उपत्यकाका ८ वटा होटललाई क्वारन्टिन तोकिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार भारतबाट आउने हवाई यात्रु तोकिएका ८ वटा होटलमा मात्र क्वारन्टिन बस्नु पर्नेछ । हाललाई अन्यत्र वस्न पाउने गरी सुविधा दिईएको छैन।

मन्त्रालयले गोदावरीस्थित भ्यू भृकुटी, गुहेश्वरीस्थित माधव होटल, एयरर्पोटस्थित एयरर्पोट होटल, गौशालास्थित अमादब्लम, रिडर्स इन र आनन्द आश्रम, जगातीस्थित फार्म हाउस रिर्सोट र ए–वान रिर्सोटलाई होटल क्वारन्टिनका रुपमा तोकेको छ।

ति होटलले यात्रुलाई विमानस्थलबाट होटलसम्म ल्याउनुका साथै खाना र बसोबासको सुविधा दिने छन् । मूल्य अभिवृद्धि कर र सेवा शूल्कसहित बढीमा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म मात्र शुल्क लिन पाइने गरी होटललाई क्वारन्टिन तोकिएको मन्त्रालयले जनाएको छ ।

नेपाल वायुसेवा निगम र एयर इण्डियाको समन्वयमा नेपाल पर्यटन बोर्डले यात्रुको विवरण लिने र यात्रुको क्वारन्टिन व्यवस्थापनमा सहयोग गर्ने गरी जिम्मेवारी तोकिएको छ ।

हवाई मार्गबाट आउने यात्रु अनिवार्य १० दिन क्वारन्टिन बस्नु पर्नेछ । त्यसरी नबसेको पाइएमा होटलले प्रहरीलाई खबर गर्नुपर्नेछ ।

विशेष