News

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना पुष्टी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना पुष्टी

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई कोरोना संक्रमण पुष्टी भएको छ । 

मंगलबार आरडिटी परिक्षणमा कोरोना संक्रमण देखिएपछि उनले पुनः पीसीआर परीक्षणका लागि स्वाव दिएका थिए । पिसिआरमा उनको रिपोर्ट पोजेटिभ आएको छ ।

मुख्यमन्त्री गुरुङ्गको अवस्था सामान्य रहेको प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए । उनी होम आइसोलेसनमा वसेका छन् ।

मुख्यमन्त्री गुरुङ्ग मंगलबार गण्डकी प्रदेशसभाका सभामुख र दलका शीर्षनेताको बैठकमा सहभागी भएका थिए । बैठक सकेर निवासमा फर्किएपछि उनलाई ज्वरो आएको थियो । त्यसपछि उनको आरडिटी परीक्षण गर्दा नतिजा पोजेटिभ आएको थियो ।
 

विशेष