News

मलेसियाले नेपालीमाथि लगायो प्रतिवन्ध 

मलेसियाले नेपालीमाथि लगायो प्रतिवन्ध 

मलेसियाले नेपाली नागरिकलाई भ्रमणमा रोक लगाएको छ। विश्वका अन्य तीन देशसहित नेपाली पनि प्रतिवन्धमा परेका छन् । मलेसियमाले नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका नागरिकलाई पनि मलेसिया भ्रमणमा रोक लगाएको छ।

दक्षिण एसियाली चार मुलुकमा कोभिडको नयाँ भेरियन्ट फैलिएपछि मलेसिया सरकारले यात्रामा प्रतिबन्ध लगाएको जनाएको छ ।  

भारतमा फैलिएको कोरोनाको नयाँ भेरियन्टबाट आफ्ना नागरिकमा फैलिने भन्दै मलेसियाका वरिष्ठ मन्त्री स्माइल सावरी याकुबले नेपालसहित भारत, बंगलादेश र पाकिस्तानका नागरिकलाई यात्रामा प्रतिबन्ध लगाएको घोषणा गरेका छन् ।

मलेसियाले भारतबाट जाने आफ्ना नागरिकलाई पनि १४ दिनको क्वारेन्टाइन अनिवार्य गरेको छ भने भारतसँगका सबै उडान अप्रिल २८ बाटै रोकेको छ ।
 

विशेष