सार्वजनिक पद धारण गरेका १८ हजारले वुझाएनन् सम्पत्ति विवरण !

आव ०७६/०७७ मा देशभरका १८ हजारभन्दा बढी सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सम्पत्ति विवरण नुबझाएको पाइएको छ।
सार्वजनिक पद धारण गरेका १८ हजार १ सय ७० जनाले सम्पत्ती विवरण नबुझाएका हुन्। व्यक्तिहरुले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आफ्नो सम्पत्ति विवरण बुझाउनुपर्ने भए पनि अघिल्लो वर्ष १८ हजार व्यक्तिले नवुझाएको जनाईएको छ ।
राष्ट्रिय सर्तकता केन्द्रले बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई वार्षिक प्रतिवेदन बुझाउँदै त्यस्ता ब्यक्तिलाई कारवाही गर्न आग्रह गरेको छ ।
सम्पत्ति विवरण बुझाउने पदाधिकारी र कर्मचारीको संख्या ६ लाख ५० हजार एक सय २८ छ। नबुझाउनेमा निजामती, नेपाली सेना, नेपाल प्रहरी, शिक्षक, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिलगायत छन्।
त्यसैगरी संघीय, प्रादेशिक तथा स्थानीय तहका सार्वजनिक पद धारण गरेका व्यक्ति मध्ये क्रमश १३ हजार आठ सय ४४, दुई सय ६३ र चार हजार ६४ जनाले सम्पत्ति विवरण पेश गरेका छैनन्।