News राजनीति

देउवालाई भेट्न एमाले नेता नेपाल सुटुक्क पुगे वुढानिलकण्ठ

देउवालाई भेट्न एमाले नेता नेपाल सुटुक्क पुगे वुढानिलकण्ठ

सत्ता समिकरणको दौडधुप सुरु भएसँगै नेपाली कांग्रेसका सभापति तानातानमा परेका छन। नेकपा माओवादी केन्द्र, जसपा, एमाले माधव समुह देखि प्रधानमन्त्री केपी ओलीसमेतले देउवाको मुख ताकिरहेका छन् ।

यसैक्रममा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्।

करिव ६ बजेदेखि दुई नेताहरूबीच देउवा निवासमा भेटवार्ता चलिरहेको छ। नेपालसँगै एमाले नेता भीम रावल पनि छलफलमा सहभागि भएका छन् ।

यसअघि बुधबार मात्रै प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले दलवलसहित देउवालाई भेटेका थिए । समस्यामा पर्न थालेपछि नेताहरुको दैलोमा पुग्ने गरेका ओलीले वुधवार पनि देउवाको निवासमै पुगेर भेट गरेका थिए ।

ओलीले आफूलाई विश्वासको मत दिन कांग्रेसलाई आग्रह गरेपनि कांग्रेस नेताहरूले विश्वासको मत नदिने प्रष्ट पारेका थिए। कांग्रेसको पदाधिकारी वैठकले समेत ओली सरकारलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । 

विशेष