हरेक दिन नयाँ रेकर्डः थप ९ हजार सङ्क्रमण, ५४ को मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप नौ हजार ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो समय पिसिआर विधिबाट २० हजार ३६७ र एन्टिजेन विधिबाट ७७५ जनाको परीक्षण गर्दा क्रमशः आठ अजार ९७० र सय जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा ५४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । आजसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमित तीन लाख लाख ६८ हजार ५८० पुगेका छन् ।
त्यस्तै पछिल्लो समय थप दुई हजार ७०७ जना निको भएका छन् । यससँगै निको हुने दुई लाख ९२ हजार ४९० छन् । निको हुने दर भने ७९ दशमलब चार प्रतिशत छ ।
अहिले देशभर ७२ हजार ५६१ सक्रिय सङ्क्रमित छन् । तीमध्ये ६७ हजार २४६ जना होम आइसोलेशनमा र पाँच हजार ३१५ जना संस्थागत आइसोलेशनमा छन् । त्यस्तै ६५२ जनाको सघन उपचार कक्ष र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
तीन सय १४ जना क्वारेन्टिनमा छन् । हालसम्म नेपालमा २५ लाख ७८ हजार ४१८ को पिसिआर परीक्षण भएको छ । त्यस्तै पछिल्लो समय कोरोनाका कारण ५४ जनाको मृत्यु भएको छ । हालसम्म तीन हजार ५२९ जनाले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।