News

४ सांसदलाई कोरोना संक्रमण पुष्टि

४ सांसदलाई कोरोना संक्रमण पुष्टि

प्रतिनिधिसभाका ४ जना सांसदलाई कोरोनाको संक्रमण पुष्टि भएको छ ।

बुधबार १ सय २८ जनाको स्वाब संकलन गरिएका मध्ये ४ जनालाई संक्रमण देखिएको हो । लक्ष्मणलाल कर्ण, रामबाबु यादव, नरमाया ढकाल र पार्वती डिसी चौधरीलाई संक्रण पुष्टि भएको जनाईएको छ ।

प्रतिनिधि सभाका सवै सदस्यको रिपोर्ट आउन बाँकी रहेको संसद् सचिवालयले जनाएको छ ।

वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीहरुको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिएको थियो ।
 

विशेष