News राजनीति

राष्ट्रिय सभा उपनिर्वाचनमा वादललाई उम्मेदवार वनाउने निर्णयवाट किन पछि हट्यो एमाले ?

राष्ट्रिय सभा उपनिर्वाचनमा वादललाई उम्मेदवार वनाउने निर्णयवाट किन पछि हट्यो एमाले ?

राष्ट्रिय सभा वाग्मती प्रदेशको उपनिर्वाचनका लागि रामवहादुर थापालाई उम्मेदवार घोषणा गरिसकेको नेकपा एमाले एक कदम पछि हटेको छ । एमालेको विहिवार वसेको स्थायी कमिटीको बैठकले राष्ट्रिय सभा उपनिर्वाचनमा एमाले उम्मेदवारको जितका आधारमा मात्रै उम्मेदवार घोषणा गर्ने निर्णय गरेको छ ।

गृहमन्त्री थापा माओवादीबाट निर्वाचित भएर एमाले प्रवेश गरेपछि रिक्त भएको वाग्मती प्रदेशको राष्ट्रिय सभा सिटमा जेठ ६ गते उपनिर्वाचन हुदैछ। उक्त सिटमा थापालाई नै उम्मेदवार बनाउने एमालेले यसअघि निर्णय गरेको थियो ।


एमालेका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टीको उम्मेदवारको जित सुनिश्चितता हुनेगरी मतदाताहरूसँग छलफल गर्ने र त्यसपछि मात्रै उम्मेदवारी घोषणा गर्ने निर्णय भएको बताए ।

अर्कोतर्फ वाग्मती प्रदेशको राष्ट्रिय सभा रिक्त पदमा कांग्रेस, माओवादी, एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष तथा जनता समाजवादीको उपेन्द्र यादव समूहले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

विशेष