News स्वास्थ्य

वाँकेका २४ घण्टाभित्र १२ जना संक्रमितको मृत्यु

वाँकेका २४ घण्टाभित्र १२ जना संक्रमितको मृत्यु

वाँकेमा पछिल्लो २४ घन्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेमा उपचाररत् ११ जना र काठमाडौंबाट ल्याउँदै गर्दा बाटोमा थप एक जना गरी १२ जनाको मृत्यु भएको हो।

बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार मृत्यु हुनेमा १० जना बाँकेका तथा एक÷एक जना दाङ र जाजरकोटका छन्। काठमाडौंबाट ल्याउँदै गर्दा कोलहपुर नगरपालिका– १ की ७३ वर्षीया महिलाको बिहान ५ बजेतिर मृत्यु भएको वलीले वताए ।

यसैगरी, दाङको शान्तिनगर गाउँपालिका–६ का ७५ वर्षीय संक्रमित महिलाको बुधबार राति सवा ९ बजे नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको थियो। उनलाई २२ गते मात्रै संक्रमण पुष्टि भएको थियो। बाँके नरैनापुर गाउँपालिका–१ का ५६ वर्षीय पुरूषको भेरी अस्पतालमा बिहीबार बिहान ७ बजे, कोहलपुर नगरपालिका ५ का ३४ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा बुधबार राति ९ः४० बजे र नेपालगञ्ज १९ का ७७ वर्षीय पुरूषको भेरी अस्पतालमा बिहान साढे ४ बजे मृत्यु भएको छ ।

यस्तै, नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको बिहान १ः४० बजे भेरी अस्पतालमा, नेपालगञ्ज ४ का ५५ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहान साढे १२ बजे, नेपालगञ्ज १० का २७ वर्षीय पुरुषको भेरी अस्पतालमा बुधबार राति करिव साढे १० वजे मृत्यु भएको हो।

बाँकेको नेपालगञ्ज १ का ५८ वर्षीय पुरुषको बुधबार राती १० बजे भेरी अस्पतालमा, नेपालगञ्ज १० की ७८ वर्षीया महिलाको बुधबार बेलुका साढे ७ बजे, नेपालगञ्ज १२ का ४५ वर्षीय पुरुषको बुधबार बेलुका सवा ८ बजे भेरी अस्पताल नेपालगञ्जमा, जाजरकोटको भेरी नगरपालिकाकी ४३ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा बुधबार राति ९ बजे मृत्यु भएको छ।

विशेष