News विदेश Breaking News समाज

डब्लूएचओले भन्यो - कोरोनाविरुद्धको चिनियाँ खोप सिनोफार्मले विश्वासयोग्य छैन 

डब्लूएचओले भन्यो - कोरोनाविरुद्धको चिनियाँ खोप सिनोफार्मले विश्वासयोग्य छैन 

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरसविरुद्धको चिनियाँ खोप विश्वासयाग्य नभएको टिप्पणी गरेको छ । चीनले पठाएको खोप परीक्षणका नतिजाहरुको अध्ययनपछि डब्लूएचओका विज्ञले यसमा विश्वास गर्न सकिने पर्याप्त आधारहरु नभएको संकेत गरेका हुन् । 

डब्लूएचओका विज्ञहरुले खोपको प्रभावकारिता अध्ययनपछि तयार गरेको प्रतिवेदनका अनुसार खोपले केही हदसम्म कोरोनाविरुद्ध लड्नसक्ने भए पनि यसले गम्भीर साइड इफेक्टहरु पार्नसक्नेतर्फ संकेत गरिएको पाइएको छ । 

डब्लूएचओका प्रवक्ताले सिनोफार्मले उपलब्ध गराएको परीक्षणका नतिजाहरुको अध्ययन सकिएको र चाँडै उक्त प्रतिवेदन सार्वजनिक गरिने जानकारी दिएका छन् । बेइजिंगस्थित सिनोर्फामले भने आधिकारिक प्रतिवेदन सार्वजनिक भएपछि मात्रै प्रतिक्रिया दिने जनाएको छ । 

सिनोफार्म खोपकाको प्रभावकारिता मूल्यांकन डब्लूएचओको विज्ञहरुको रणनीतिक सल्लाहकार समूहले गरेको हो । यसका लागि सिनोफार्मले उपलब्ध गराएको परीक्षण नतिजाहरु, ४५ राष्ट्रहरुले आपतकालिन प्रयोगको अनुमति दिँदा गरेका अध्ययन प्रतिवेदनहरु र मानिसहरुको यसले पारेको प्रभावका विषयमा अध्ययन गरिएको छ । 

हालसम्म ६५ मिलियन सिनोफार्म खोप लगाइसकिएको पाइएको छ । कोरोनाविरुद्धको यो खोप लगाइसकेपछि केहीको मृत्यु भएको र केहीलाई पुनः कोरोना देखिएपछि विश्वमा चिनियाँ खोपमाथि प्रश्न उठेको थियो । 

कोरोनाविरुद्धको चिनियाँ खोप सिनाफार्म लगाएका पाकिस्तानी प्रधानमन्त्रीलाई नै कोरोना भएपछि यो विश्व बहसको विषय बनेको हो । तर, चीनले भने यस खोपमा कुनै साइड इफेक्टहरु नभएको र मृत्यु हुनुको कारण खोप नै भएको भन्ने यकिन भइ नसकेको जानकारी गराएको छ ।

विशेष