प्रधानमन्त्रीले वोलाए संवैधानिक परिषद्को बैठक, सभामुखलाई छैन जानकारी

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले आइतबारका लागि बैठक बोलाएका हुन्।
संवैधानिक परिषदका अध्यक्ष समेत रहेका ओलीले दोस्रोपटक विवादास्पद अध्यादेश जारी गरेपछि पहिलो पटक वैठक वोलाएका हुन् ।
संवैधानिक निकायमध्ये लोकसेवा आयोग पूर्ण रुपमा खाली छ भने समावेशी आयोग, निर्वाचन आयोगमा पनि पदाधिकारी खाली छन्। सोहि विषयमा छलफल गर्न वैठक आह्वान गरिएको हुन सक्ने जनाईएको छ।
बैठकका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई लिखित जानकारी गराइएको छ । तर, सभामुख अग्नि सापकोटालाई शुक्रबार दिउँसोसम्म पनि वैठकको वारेमा जानकारी दिइएको छैन।