बालुवाटार जग्गा प्रकरणः दिप वस्न्यात धरौटीमा छुट्दै

बालुवाटार जग्गा प्रकरणमा थुनामा रहेका अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात धरौटीमा छुट्ने भएका छन् ।
सर्वोच्च अदालतले उनलाई पाँच लाख धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ।
बस्न्यातले दायर गरेको बन्दीप्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले उनलाई धरौर्टीमा थुनामुक्त गर्न आदेश दिएको हो ।
अदालतले वस्न्यातलाई थुनामुक्त गर्न शुक्रबार आदेश दिएको हो।