१४ सांसदसहित ६५ जनालाई कोरोना संक्रमण

संसद सचिवालयमा स्वाव संकलन गरिएका सांसद र कर्मचारी मध्ये ६५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वाब परीक्षणका क्रममा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कुल ६ सय १३ जनाको रिपोर्ट आउँदा१४ सांसद तथा अन्य कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गरिएको छ। सोहि प्रयोजनका लागि वैशाख २२,२३ र २४ गते संसद भवन नयाँ वानेश्वरमा सांसद, कर्मचारी र सुरक्षाकर्मीको स्वाब संकलन गरिएको थियो ।
वैशाख २२ गते ६०९, २३ गते ५२५ र २४ गते करिब १ सय जनाको स्वाब संकलन गरिएको थियो । स्वाब दिएकामध्ये कतिपयको भने रिपोर्ट आउनै बाँकी रहेको संसद सचिवालयका एक अधिकारीले बताए ।