२४ घण्टामा ५० जना कोरोना संक्रमितको मृत्यु, ९१९६ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ३ हजार ५७९ पुगेको छ ।
यसैगरी, २४ घण्टामा ९ हजार १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ८ सय ८२ जनाको स्वाब परीक्षण गर्दा ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार १९ हजार ९८७ जनाको पीसीआर गर्दा ९ हजार २३ र ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ ।
कुल संक्रमितको संख्या ३ लाख ७७ हजार ६०३ पुगेको छ ।
मन्त्रालयका अनुसार २९ सय ५ जनाले २४ घण्टामा कोरोना जितेका छन्। कोरोना जित्नेको संख्या २ लाख ९५ हजार ३९५ पुगेको छ ।