News स्वास्थ्य

कोरोनाले तीन दिन भित्र तीन दाजुभाईको मृत्यु, हरेक दिन निस्कियो लाश

कोरोनाले तीन दिन भित्र तीन दाजुभाईको मृत्यु, हरेक दिन निस्कियो लाश

नेपालगञ्जको सुनार मन्दी टोलमा कोरोना संक्रमणबाट तीन दिनभित्र सहोदर तीन दाजुभाइको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका–३ स्थित सुनार मन्दी टोलमा बस्ने तीन दाजुभाईको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो।

सात दाजुभाई मध्ये वुधवारदेखि शुक्रवार सम्ममा तीन दाजुभाईको मृत्यु भएको हो स्थानीय जनप्रतिनिधिले जानकारी दिएका छन्।

तीन दाजुभाइमध्ये काइँलो भाई इम्तियाज अहमदको शुक्रबार बिहान साढे १० बजे, ५४ वर्षीय  साईलो एजाज अहमदको बिहीबार बेलुका ७ बजेतिर र कान्छो भाइ ४२ वर्षीय जहिर अहमदको बुधबार बेलुका ७ बजे मृत्यु भएको जनाईएको छ ।

सगोलमा वस्दै आएका मृतक तीनै दाजुभाइ नेपालगञ्जमा मजदुरी गर्दै आएका थिए ।
 

विशेष