News राजनीति

वाक्लियो भेटघाटः प्रचण्ड र देउवाविच आधा घण्टासम्म के भयो छलफल ?

वाक्लियो भेटघाटः प्रचण्ड र देउवाविच आधा घण्टासम्म के भयो छलफल ?

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदवाट विश्वासको मत लिने घोषणा गरेको दिन नजिकिदै जाँदा राजनीतिक भेटघाट वाक्लिएका छन् । दुवै पक्षका नेताहरु एक आपसमा भेटघाटमा ब्यस्त छन् ।
 
यसैक्रममा शुक्रवार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

बुढानिलकण्ठ स्थित निवासमा पुगेर प्रचण्डले देउवासँग कुराकानी गरेका छन्। देउवाका सहयोगी भानु देउवाले प्रचण्ड र सभापति देउवाबीच भेटवार्ता भएको बताए।

दुई नेताविच करिब आधा घन्टा कुराकानी भएको थियो। समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको देउवाको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री केपी ओलिले वैशाख २७ मा विश्वासको मत लिन लागेका छन्। कांग्रेस र नेकपा माओवादी ओलिलाई विश्वासको मत दिने पक्षमा छैनन् बरु देउवाको नेतृत्वमा नयाँ सरकार बनाउने गृहकार्य चलिरहेको छ। 

विशेष