News

कीर्तिमानी आरोही कामिरिता शेर्पाद्वारा २५औँ पटक सगरमाथा आरोहण

कीर्तिमानी आरोही कामिरिता शेर्पाद्वारा २५औँ पटक सगरमाथा आरोहण

कीर्तिमानी आरोही कामिरिता शेर्पा २५ औँ पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने कामिरिता पहिलो आरोही हुन्।

शुक्रवार बेलुका ६ बजे कामिरिताले सगरमाथाको टुप्पोमा पाइला टेकेको पथ प्रदर्शक कम्पनी सेभेन समिट ट्रेकिङ कम्पनीले जनाएको छ । उनीसँगै १२ जना शेर्पा पनि सगरमाथामा पुगेका छन् । कामीरितासहितको टोलीमा ६ जना संखुवासभाका र ६ जना सोलुखुम्बुका शेर्पा आरोही छन् ।

डोरी टाँग्दै गएको आइसफल डाक्टरको टोली साँझ ६ बजे चुचुरो पुगेको पर्यटन विभागले जनाएको छ । 

१३ मे १९९४ मा पहिलो पटक सगरमाथा चुचुरो चुमेका कामीरिताको नाममा ८ हजार मिटर अग्ला चुचुरोमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत रहेको छ । 

विशेष