News

टिकटक वनाउँदा भिरवाट लडेर युवकको मृत्यु

टिकटक वनाउँदा भिरवाट लडेर युवकको मृत्यु

टिकटक वनाउने क्रममा शुक्रवार भिरवाट लडेर उदयपुरमा एक युवकको मृत्यु भएको छ ।

धरान–५ का १८ वर्षिय सुभाष परियारको टिकटक बनाउने क्रममा उदयपुरको कटारी नगरपालिका–११ हर्देनी भीरबाट लडेर मृत्यु भएको हो । 

भीरबाट लडेर घाइते भएका परियारलाई उपचारका लागि कटारी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

धरानबाट ओखलढुङ्गा जाँदै गरेको ना १ च ३३७० नम्बरको सुमो हर्देनी भीरस्थित सडकमा बिग्रिएपछि सुभाष टिकटक बनाउन थालेका थिए । टिकटक बनाउने क्रममा भीरमा पुगेका उनी त्यही क्रममा लडेको प्रहरीले जनाएको छ । 
 

विशेष