News राजनीति

दोस्रो पुस्ताका नेता– पहिलो पुस्ताकै अडान, जुटेन सहमति !

दोस्रो पुस्ताका नेता– पहिलो पुस्ताकै अडान, जुटेन सहमति !

पहिलो पुस्ताका नेताहरुको सम्वन्ध पानी वारावारको अवस्थामा पुगेपछि नेकपा एमालेको दोस्रो पुस्ताका नेताहरु पार्टीको समस्या समाधान गर्न कस्सिएका छन् ।

यसैक्रममा पार्टी भित्रको विवाद समाधानका निम्ति अध्यक्ष केपी ओली र माधव कुमार नेपाल पक्षका नेताहरूबीच शुक्रवार बालुवाटारमा घनिभुत छलफल भएको छ ।

माधव समूहका दोस्रो तहका नेताहरु मिलनविन्दु खोज्ने अन्तिम प्रयासका लागि अध्यक्ष ओली पक्षसँग छलफल गर्न वालुवाटार छिरेका थिए ।

नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई बालुवाटार पुगेका थिए । यता, अध्यक्ष ओलीका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताहरू छलफलमा सहभागी भए । छलफल निस्कर्षमा भने नपुगेको एक नेताले वताए ।

चार बजेदेखि साढे सात बजेसम्म भएको छलफललमा माधव समूहका नेताहरूले पार्टीको कमिटीलाई २ जेठ २०७५ को स्थितिमा फर्काउन दबाब दिए पनि ओली पक्ष २८ फागुनको निर्णयबाट पछि हट्न नमानेपछि छलफल निचोडमा पुग्न नसकेको जनाईएको छ ।

नेपाल पक्षले राखेका प्रस्तावबारे ओलीलाई ब्रिफिङ गरेपछि पुनः शनिबार संवादमा बस्ने सहमति भएको नेताहरुको भनाई छ । 

प्रधानमन्त्री ओलीले शुक्रबार बिहान नेता गोकर्ण विष्टलाई बोलाएर करिब तीन घण्टा छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले संसदवाट विश्वासको मत लिने घोषणा गरेपछि त्यसैको तयारीको क्रममा पछिल्लो छलफल सम्भव भएको हो। पछिल्लो समय राष्ट्रिय सभा सदस्य निर्वाचन कारण पनि दुवै पक्षविच छलफलको वतावरण वनेको नेताहरु वताउँछन्।

राष्ट्रिय सभा सदस्यका लागि एमालेका तर्फका रामबहादुर थापा बादलले हेलिकप्टरवाट हेटौँडा पुगेर उम्मेदवारी दर्ता गराइसकेका छन्।

विशेष