News

संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणवाट मृत्यु

संसद सचिवालयका उपसचिवको कोरोना संक्रमणवाट मृत्यु

कोरोना संक्रमणका कारण संसद सचिवालयमा कार्यरत एकजना उपसचिवको मृत्यु भएको छ ।

कोराना संक्रमणबाट उपसचिव कृष्णराज खनालको मृत्यु भएको हो । शुक्रबार बिहान सहिद मेमोरियल अस्पताल कलंकीमा उनको मृत्यु भएको जनाईएको छ ।

घरमै आइसोलेसनमा रहेकै बेला स्वास्थ्यमा समस्या आएपछि उनलाई कलंकीस्थित सहिद ममोरियल अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जनाइएको छ।

वैशाख २७ गते बस्न लागेको प्रतिनिधिसभाको बैठकअघि बुधबार सांसदलगायत कर्मचारीको स्वाब संकलन गरिएको थियो।

परिक्षणका क्रममा खनाललाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
 

विशेष