प्रधानमन्त्री ओलीको कोरोना परिक्षणका लागि स्वाव संगलन

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना परिक्षणका लागि स्वाव संगलन गरिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले ओलीको पिसिआर परीक्षणका लागि स्वाव संकलन गरिएको जानकारी दिए ।
शुक्रवार बालुवाटारमा प्रधानमन्त्रीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित १ सय जनाभन्दा बढीको स्वाव संकलन गरिएको उनले जनाएका छन् ।
वैशाख २७ गते संसद अधिवेशन वोलाईएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने वताएका छन्। संसद बैठकमा उपस्थित हुने सांसद तथा कर्मचारीलगायतको स्वाब संकलन गरिसकिएको छ।