News राजनीति

गोकर्ण विष्ट र प्रधानमन्त्री विच भेट, के भयो सहमति ?

गोकर्ण विष्ट र प्रधानमन्त्री विच भेट, के भयो सहमति ?

नेकपा एमाले नेता गोकर्ण बिष्टले शुक्रबार दिउँसो बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्।

पार्टीभित्रको विवाद समाधान गर्न दोस्रो तहका नेताहरु सक्रिय भइरहेका बेला विष्टले ओलीसँग भेट गरेका हुन् । पछिल्लो समय राष्ट्रिय सभा सदस्य निर्वाचन र प्रधानमन्त्रीले लिने विश्वासको मतका विषयमा दुवै पक्षविच छलफल भईरहेको छ।

यद्यपि राष्ट्रिय सभा निर्वाचन र विश्वासको मतलगायत विषयमा ओली र नेपाल पक्षीय नेताहरुबीच सहमति हुन सकेको छैन। तर, छलफल तथा सहमतिको प्रयास भईरहेको नेताहरुले वताएका छन्।

शुक्रबार एमाले नेता माधव नेपालले वार्ता र छलफलका लागि आफू तयार भए पनि सहमति भइनसकेको बताएका छन्।

राष्ट्रिय सभा सदस्यका लागि एमालेका तर्फका रामबहादुर थापा बादललाई उम्मेदवार बनाउने निश्चित भएपछि शुक्रबार दिउँसो हेलिकप्टरवाट उनी हेटौँडा पुगेर उम्मेदवारी दर्ता गराइसकेका छन्।
 

विशेष