News राजनीति

पसिना चुहाउँदै एमालेको दोस्रो पुस्ता– भेटिएला त सहमतिको विन्दु ?

पसिना चुहाउँदै एमालेको दोस्रो पुस्ता– भेटिएला त सहमतिको विन्दु ?

शिर्ष नेताहरुको हानाथापका कारण सुरु भएको नेकपा एमालेको किचलो फुटको अन्तिम अवस्थामा पुगेको छ। पार्टीलाई फुटवाट जोगाउन पहिलो पुस्ताका नेताले केहि प्रयास गरेपनि औपचारिकताकामा मात्रै सिमित भएपछि दुई पक्षका नेताहरुले आआफनै ढंगले पार्टीका गतिविधि अगाडि वढाई रहेका छन् ।

तर, पार्टीलाई फुट्न नदिन अन्तिम अवस्थामा भएपनि दोश्रो पुस्ताका नेताहरु सकृय रुपमा लागेका छन् । दुवै तर्फका युवा नेताहरुले शुक्रवार घनिभुत छलफल गरे । तर, सहमति जुटन नसकेपछि झिनो आशा लिएर उनीहरु छुट्टिए । त्यहि छलफललाई निरन्तरता दिदै शनिवार पनि दोस्रो तहका नेता छलफलमा वसेका छन् ।

शनिवारको छलफल शुक्रवारको भन्दा अझ ब्यवस्थित र मिलन विन्दुको प्रस्तावसहित सुरु भएको जनाईएको छ । 

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फवाट नेता ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, सुवासचन्द्र नेम्वाङ र विष्णु रिमाल तथा नेपाल–खनाल पक्षका नेता घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराई सहभागि छन् ।

पहिलो चरणमा संस्थापन पक्षका नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका छन् । असन्तुष्ट पक्षका नेताहरुसँग सहमतिको न्यूनतम विन्दुका बारेमा प्रधानमन्त्री ओलीसँग छलफल भएको जनाईएको छ ।

ओलीसँगको छलफलपछि नेपाल खनाल पक्षका नेताहरुसँग छलफल हुनेछ । तीन दिनयता लगातार छलफल भए पनि सहमतिको विन्दु भने नभेटिएको नेपाल–खनाल पक्षका एक नेताले वताएका छन् ।

नेपाल खनाल पक्षले पार्टीलाई ०७५ साल जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने, ०७७ साल फागुन २८ गते यता भएका सबै निर्णय खारेज गर्नुपर्ने मागलाई न्यूनतम शर्त बनाएको छ भने संस्थापन पक्षले फागुन २८ गते यताका सबै निर्णय मानेर सहमति खोज्नु पर्ने अडान लिएको छ। यहि अडानका कारण शुक्रवारको छलफल पनि विना निस्कर्ष सकिएको थियो ।

संस्थापन पक्षले स्थायी कमिटीको बैठक बस्ने र कार्य दल बनाएर सहमति खोज्ने विकल्प पनि ल्याएको छ भने नेपाल–खनाल पक्षले भने ‘कुन स्थायी  कमिटी ?’ भन्दै उक्त प्रस्तावलाई अस्विकार गरेको छ।

स्थायी कमिटी बोलाउने भए ०७५ साल जेठ २ मा कायम रहेको बैठक बोलाउनुपर्ने खनाल–नेपाल पक्षको माग छ।

विशेष