News

यस्तो छ कोरोना संक्रमण पुष्टि भएका २६ सांसदको नामावली

यस्तो छ कोरोना संक्रमण पुष्टि भएका २६ सांसदको नामावली

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछि वैशाख २७ गतेका लागि संसद्को विशेष अधिवेशन वोलाईएको छ। तर, कोरोना संक्रमणको तिव्र वृद्धि भईरहेका वेला सामान्य ढंगले अधिवेशन वोलाउनु चुनौति पुर्ण छ।

यहि संकट समाधान गर्न संसद सचिवालयले सांसद, सचिवालयका कर्मचारी, पत्रकार, सुरक्षाकर्मी सवैको पिसिआर परिक्षण गरायो। स्वाब संकलन गरिएका १२ सय ३५ मध्ये १६० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। स्वाब संकलन गरिएका मध्ये ११.९७ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको संघीय संसद् सचिवालयले जनाएको छ। 

वैशाख २२, २३ र २४ गते स्वाब संकलन गरिएका २०५ सांसद र एक हजार ३० कर्मचारी र अन्य गरेर अहिलेसम्म १२ सय ३४ जनाको रिपोर्ट प्राप्त भएको हो। 

संक्रमितमध्ये १९ जना सांसद छन्। जसमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन्। राष्ट्रिय सभाका एक सांसदमा मात्र संक्रमण देखिएको छ। स्वाब संकलन गर्नुअघि नै ८ सांसद आइसोलेसनमा वसेका थिए । त्यो सहित कुल २६ सांसदलाई कोरोना पुष्टि भएको सचिवालयले जनाएको छ ।

संक्रमित १६० मध्ये १४१ जना सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, पत्रकार र आईसीसी भवनका कर्मचारी छन्।  

प्रतिनिधिसभाका ५४ सांसदको भने पिसिआर गर्नै वाँकी छ । प्रतिनिधिसभाका २७१ मध्ये चारजना निलम्बित हुँदा सांसदको संख्या २६७ रहेको छ। 

कोरोना संक्रमणबाट संघीय संसद् सचिवालयमा कार्यरत उपसचिव कृष्णराज खनालको मृत्यु भइसकेको छ। 

कोरोना संक्रमण पुष्टि भएका २६ सांसदको नामावली 
– नमीता कुमारी चौधरी 
– शान्तिमाया तामाङ 
– विना कुमारी श्रेष्ठ  
– रेनुका गुरुङ 
– जुलीकुमारी महतो 
– रघुवीर महासेठ 
– किसान श्रेष्ठ 
– सुरेश कुमार राई 
– पुष्पा कुमारी कर्ण कायस्थ 
– भानुभक्त ढकाल 
– बीना मगर 
– भरतकुमार शाह 
– प्रमोद शाह 
– दिपकप्रकाश भट्ट 
– झलनाथ खनाल 
– नन्दलाल रोका क्षेत्री 
– मुकुन्द न्यौपाने 
– मायादेवी न्यौपाने 
– पार्वती डिसी चौधरी 
– राजेन्द्रप्रसाद गौतम 
– लालबाबु पण्डित 
– लक्ष्मणलाल कर्ण 
– नरमाया ढकाल 
– महेश बस्नेत 
– रामबाबु यादव 
– गोपालबहादुर बम 

विशेष